Political Hightlights

नेकपा अध्यक्षद्वयबीच छलफल, २६ गते बस्ने स्थायी कमिटी बैठकको एजेण्डा तय

हिमालय टिभी
२०७७ भदौ २४ गते १५:०१
नेकपा अध्यक्षद्वयबीच छलफल, २६ गते बस्ने स्थायी कमिटी बैठकको एजेण्डा तय

२४ भदौ, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाले २६ गते बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गरेको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा आज भएको छलफलले एजेण्डा तय गरेको हो ।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार एजेण्डा आजै महासचिव महासचिव विष्णु पौडेलले स्थायी कमिटी सदस्यहरुलाई मेल गरेर पठाउनु हुनेछ । र, बिहीबार सदस्यले अध्ययन गरेपछि शक्रबारको बैठकमा छलफल हुनेछ ।

प्रचण्डको कार्यकारी अध्यक्षको थप व्याख्या, वरिष्ठ नेता माधवकुमार नेपालले उठाउँदै आएको एक व्यक्ति एक मुख्य जिम्मेवारी, मन्त्रीमण्डल पूर्नगठन र वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सचिवालय बैठकको निर्णयलाई नयाँ एजेण्डा बनाएको बुझिएको छ ।

चालू बैठकमा यसअघि अध्यक्ष ओली र प्रचण्डको सम्बोधन,कोभिड– १९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान,सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा, सङ्गठनात्मक, एकताको बाँकी काम,अमेरिकी सहयोग कार्यक्रम एमसीसी स्वीकृत भइसकेका छन् ।

यस्तै रुकुम घटना, नागरिकता विधेयक र कोभिड–१९ को कारण सांसद अन्य राजकीय पदमा रहेकाहरूको सेवा सुविधा, भत्ता कटौती स्वीकृत बैठकको कार्यसूचि छ ।

अहिलेसम्म सीमा समस्या र समाधानबाहेक अन्य विषयमा छलफल हुन सकेको छैन । गत भदौं १८ गते बसेको सचिवालय बैठकले ‌ओली र प्रचण्डलाई सचिवालय बैठकमा उठेका विषय, कार्यदलले बुझाएको सुझाव प्रतिवेदनको महत्वपूर्ण विषय र यसअघि स्थायी कमिटी बैठकमा उठेका कुरालाई समेटेर नयाँ ठोस एजेन्डा तय गर्ने अधिकार दिएको थियो ।

त्यसैअनुसार ओली र प्रचण्डले नयाँ एजेन्डा तय गरेका हुन् । असार १० गते सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग भएपछि बैठक अवरुद्ध छ । असार १८ गतेदेखि बैठक बस्ने सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्