Political Hightlights

गौतमलाई राष्ट्रियसभामा नलैजान विवेकशील नेपाली दलको माग

हिमालय टिभी
२०७७ भदौ २३ गते १३:२९
गौतमलाई राष्ट्रियसभामा नलैजान विवेकशील नेपाली दलको माग

२३ भदौ, २०७७ काठमाडौं । विवेकशील नेपाली दलले बर्दिया १ बाट प्रतिनिधि सभा चुनाव हारेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा नलैजान सरकारलाई आग्रह गरेको छ ।

विवेकशीलले आज विज्ञप्ति निकालेर नेकपाले चुनाव हारेका गौतमलाई सांसद बनाउने निर्णय गर्नु र स्वयं गौतमले पनि मन्त्री बन्ने उद्देश्य रहेको बताउनुले कानूनी राज्यको खिल्ली उडाएको टिप्पणी गरेको छ ।

विवेकशीलले अहिले राष्ट्रिय सभामा गौतमको आवश्यकता किन परेको हो ? के कारणले त्यहाँ गौतमको अभाव खड्कियो ? भनेर नेकपासँग जवाफ समेत मागेको छ ।

राष्ट्रियसभामा सरकारको सिफारिसमा तीन सदस्य मनोनयन गर्ने संवैधानिक व्यवस्थाको मर्म र भावनाबारे ख्याल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि आग्रह गरेको छ ।

२०७४ को प्रतिनिधिसभा चुनावमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित गौतमलाई गत भदौ १८ गते नेकपा सचिवालय बैठकले राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो ।

गोरखा दुईमा चुनाव हारेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भने राष्ट्रिय सभा सदस्यमा निर्वाचित भइसक्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्