Political Hightlights

अब वामेदव गौतम राष्टिय सभामा, खतिवडा आउट (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १८ गते २०:११
अब वामेदव गौतम राष्टिय सभामा, खतिवडा आउट (भिडियोसहित)

१८ भदौ, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी सचिवालय बैठकले राष्ट्रियसभामा रिक्त एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गौतमलाई पठाउने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई सरकारले राष्टिय सभाका लागि राष्टपति समक्ष सिफारिस गर्ने निर्णय सुनाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली बैठक अघि अर्थमन्त्री युवराज खतिवडालाई पठाउने अडानमा हुनुहुन्थ्यो । तर पार्टीका अर्का अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड लगायतका अरु नेता गौतमको पक्षमा देखिएपछि ओली पनि गौतमलाई स्वीकार गर्नुभएको हो ।

गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयसँगै युवराज खतिवडाले अर्थमन्त्री पद शनिबारदेखि सकिने भएको छ।

संघीय संसदको सदस्य नभए पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार खतिवडा गत फागुन २० गते अर्थमन्त्री नियुक्त हुनुभएको थियो । खतिवडाको पदावधि भदौ २० गते सकिँदैछ ।

नेकपाको सचिवालय बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदन पेश भएको र कार्ययोजना बनाएर दुई अध्यक्षले बैठकमा पेश गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । प्रतिवेदन स्थायी कमिटीमा पनि लगिनेछ ।

बैठकले देशका विभिन्न ठाउँमा गएको बाढी पहिरोबाट प्रभावितहरुको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकार र पार्टीका कार्यकर्तालाई निर्देशन दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्