Political Hightlights

बामदेवले राष्ट्रियसभा ताकेपछि नेकपाका शीर्ष नेताहरुमा सकस

हिमालय टिभी
२०७७ भदौ १८ गते ७:४८
बामदेवले राष्ट्रियसभा ताकेपछि नेकपाका शीर्ष नेताहरुमा सकस

१८ भदौ, २०७७ काठमाडौं । राष्ट्रियसभामा सरकारबाट मनोनित गर्ने रिक्त एक सिटमा आफूलाई सिफारिस गर्न नेकपा उपाध्यक्ष वामदेव गौतमले दबाब दिएपछि शीर्ष नेतृत्व सकसमा परेको छ।

गौतमले आफूलाई उपयुक्त समयमा राष्ट्रियसभामा लैजाने पार्टीको यसअघिको निर्णय कार्यान्वयन गर्न दबाब दिएपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दवाव बढेको हो ।

राष्ट्रियसभामा सरकारले मनोनित गरेको कोटामा नियुक्त भएका अर्थमन्त्री युवराज खतिवडाको दुई वर्षे कार्यकाल गत फागुन २० गते सकिएको थियो।

सांसद नभए पनि ६ महिनासम्म मन्त्री हुने पाउने संवैधानिक व्यवस्थाअनुसार खतिवडा आगामी शनिबारसम्म मात्र मन्त्री हुन पाउने र त्यो अवधिमा संघीय संसदको सदस्य नभएमा स्वत पदमुक्त हुने व्यवस्था छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै सांसद बनाएर अर्थमन्त्रीमा निरन्तरता दिने चाहना देखाए पछि गौतमले पार्टीभित्र अब उक्त स्थानमा आफूलाई पठाउनु पर्ने अडान राख्नु भएको छ । कसलाई सांसदमा मनोनित गर्ने भन्ने विषयमा आज बोलाइएको सचिवालय बैठकले निर्णय गर्ने बताइएको छ ।

आज बस्ने सचिवालय बैठकबारे हिजो ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ। आजको बैठकमा कस्को पक्षमा निर्णय गर्ने भन्ने विषयमा दुई नेताबीच छलफल भएको हो।

प्रचण्ड गौतमलाई पठाउनुपर्ने पक्षमा हुनुहुन्छ भने ओली खतिवडाकै पक्षमा हुनुहुन्छ । प्रचण्ड बाहिरिएको केहीबेरपछि गौतम पनि बालुवाटार पुगेर ओलीसँग छलफल गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्