Political Hightlights

विचार र विधिको संयोजनबाट मात्र पार्टी बन्छः प्रचण्ड

हिमालय टिभी
२०७७ भदौ १५ गते १२:५६
विचार र विधिको संयोजनबाट मात्र पार्टी बन्छः प्रचण्ड

१५ भदौ, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टी विचार र विधिको वैज्ञानिक संयोजन भएको बताउनुभएको छ ।

प्रचण्डले आज ट्वीट गरी विचार मात्रले पार्टी नबन्ने र विधि मात्रैले पनि पार्टी नबन्ने उल्लेख गर्नुभयो । ‘पार्टी भनेको विचार र विधि हो । विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन । अझ कम्युनिस्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो,’ प्रचण्डको आधिकारिक ट्वीटर ह्याण्डलमा लेखिएको छ ।

प्रचण्डको ट्वीट के सन्दर्भमा आएको र कसप्रति लक्षित भन्ने उल्लेख छैन । असारमा शुरू भएको पार्टीभित्रको विवाद अहिले मत्थर भएको छ ।

महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदलले नेकपा विवाद समाधानका लागि सुझाव प्रस्तुत गरेपछि लामो समय चलेको अन्तरकलह साम्य हुने चरणमा छ ।

कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न भदौ १३ गते बस्ने भनिएको सचिवालय बैठक भदौ १८ सम्मका लागि स्थगित भएको छ । सचिवालय बैठकअघि प्रचण्डको यस्तो ट्वीटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्