Political Hightlights

होला फागुनमा कांग्रेसको महाधिवेशन ? महाधिवेशनका लागि के के गर्नुपर्छ ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १५ गते २०:४६
होला फागुनमा कांग्रेसको महाधिवेशन ? महाधिवेशनका लागि के के गर्नुपर्छ ? (भिडियोसहित)

१५ भदौ, २०७७, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले १४ औं महाधिवेशन आगामी फागुन पहिलो हप्ता काठमाडौंमा गर्ने घोषणा गरिसकेको छ । तर, कोरोना महामारीको कारण महाधिवेशनको मिति नै सार्ने तयारी पनि छ । महाधिवेशनसम्म पुग्न पार्टीले के–के गर्नुपर्छ ? र अहिलेसम्म के–के काम सकियो त ?

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनसम्म पुग्न विभिन्न चरण पार गर्नुपर्छ । क्रियाशील सदस्यता वितरण र नवीकरण यसको प्रारम्भिक चरण हो । २०७७ साल फागुन ७ देखि १० गतेसम्म १४ महाधिवेशन गर्ने घोषणा गरेको कांग्रेस अहिले क्रियाशील सदस्यता वितरणकै चरणमा छ ।

गत वर्ष फागुन २५ गतेदेखि ६४ जिल्लामा क्रियाशील सदस्यता वितरण थालेको कांग्रेस गत साउन २२ गते शतप्रतिशत सदस्यता बढाउने निर्णयसँगै फेरि क्रियाशील सदस्यतामै अल्झेको छ । ५ लाख क्रियाशील सदस्य थपेर १० लाख पुर्‍याउने कांग्रेसको लक्ष्य छ ।

त्यसपछि तयार पारेको फारम बल्ल ३८ जिल्लामा पुगिसकेको छ । ११ जिल्लामा त पार्टी एकतापछिको समायोजन नै नभएकोले सदस्यता वितरण सहजै हुने देखिन्न । त्यसपछि पनि केन्द्रीय महाधिवेशनका लागि अनेक चरणका काम हुनुहुपर्छ । टोल अधिवेशनदेखि प्रदेश अधिवेशन विभिन्न चरणमा हुनेछन ।

यसरी हेर्दा महाधिवेशनको चर्चा भएर नेतृत्वको दावीसम्म आईरहेपनि कांग्रेसमा अहिलेसम्म क्रियाशील सदस्यता वितरण र नविकरण थालनीको काम मात्रै भएको छ । एकातिर कोरोना अर्कोतिर क्रियाशील सदस्यताकै टुंगो नभएको अवस्थामा कांग्रेसले महाधिवेशन सार्ने तयारी समेत गरिरहेको छ ।

अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट यसबारे छलफल र निर्णय गर्ने कांग्रेसले तयारी गरेको छ । र, त्यसपछि बाँकी काम तीव्र हुने उसको विश्वास छ ।

तर यो विषयलाई कांग्रेसले सहमतिका साथ टुंगो लगाउँछ कि फेरि नयाँ ढंगको विवाद शुरु हुन्छ, त्यो भने हेर्न बाँकी छ । किनकी विगतमा महाधिवेशन घोषणा र कार्यतालिका हेरफेरका विषयमा चर्को विवाद भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्