Political Hightlights

कोरोनाविरुद्ध निषेधाज्ञाको विकल्पमा योजना ल्याउन कांग्रेसको माग

हिमालय टिभी
२०७७ भदौ १० गते १८:५५
कोरोनाविरुद्ध निषेधाज्ञाको विकल्पमा योजना ल्याउन कांग्रेसको माग

१० भदौ, २०७७ काठमाडौं । नेपाली कांग्रेसले निषेधाज्ञाको विकल्पमा अल्पकालीन र दीर्घकालीन योजना तत्काल ल्याउन सरकारसँग माग गरेको छ ।

कांग्रेसको कोरोना अनुगमन समितिले लक डाउन र निषेधाज्ञाको विकल्पमा तत्काल अल्पकालीन र दीर्घकालीन योजना ल्याउन माग गरेको हो ।

चार महिना लामो लक डाउनका कारण आर्थिक र सामाजिक जीवन कष्टकर बनेपनि फेरी निषेधाज्ञा गरी जनतालाई दुःख दिने काम सरकारले गरेको कांग्रेसको आरोप छ ।

सरकारले अब बन्दको अवस्था पनि आउन नदिने र संक्रमण पनि बढ्न नदिने गरी योजना ल्याउनुपर्ने कांग्रेसको माग छ ।

संक्रमणको दर बढिरहेको अवस्थामा नीजि क्षेत्रसँग समन्वय गरेर अगाडी बढ्न पनि कांग्रेसले सरकारलाई सुझाव दिएको छ । निजी अस्पतालहरुलाई २० प्रतिशत बेड अनिवार्य रुपमा छुट्याउन सरकारले भनेपनि त्यो व्यवहारिक नभएको कांग्रेसको तर्क छ ।

त्यसको सट्टा आवश्यक अस्पताललाई कोभिड अस्पतालका रुपमा अगाडी बढाउने योजनाका साथ निजी अस्पतालसँग समन्वय गर्न पनि कांग्रेसले सुझाव दिएको छ ।

स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीको उपचारको जिम्मा सरकारले लिनुपर्ने, स्वास्थ्यकर्मीका लागि विमा कार्यक्रम तत्काल लागु गर्नुपर्ने र कोभिड जोखिम भत्ताको यथासिघ्र व्यवस्था गर्नुपर्ने माग कांग्रेसको छ । अक्सिजन र भेन्टिलेटरको थप व्यवस्था गर्न पनि कांग्रेसको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्