Political Hightlights

सत्तारुढ नेकपाले सोमबार सचिवालय बैठक बोलायो

हिमालय टिभी
२०७७ साउन ३२ गते १४:५६
सत्तारुढ नेकपाले सोमबार सचिवालय बैठक बोलायो

३२ साउन, २०७७ काठमाडौं । सत्तारूढ नेकपाले सचिवालय बैठक बोलाएको छ । सोमबार बिहान साढे नौ बजे बस्ने गरी बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमिटीको बैठक नराखी कार्यदल बनाएको भन्दै विवाद बढेपछि बैठक बोलाइएको हो ।

सचिवालयमार्फत कार्यदललाई औपचारिकता र कार्यादेश दिन सचिवालय बैठक बोलाइएको हो । शनिबार वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले प्रचण्डसँग सचिवालय बैठक बोलाउन माग गर्नुभएको थियो ।

सचिवालय बैठक बसेर विवाद समाधानका उपाय खोज्न बनेको कार्यदललाई कार्यादेश दिनुपर्ने तीन नेताको माग छ । साउन ३ गतेदेखि नेकपा सचिवालय बैठक बस्न सकेको छैन।

साउन १३ गते दुई पक्ष एक अर्काविरुद्ध आक्रामक भएपछि स्थायी कमिटी स्थगित भएर मतभेद बढेर नेकपामा स्थायी कमिटी बस्ने कि सचिवालय भन्ने अवस्था आएको थियो ।

ओली सचिवालय र प्रचण्ड लगायतका नेता स्थायी कमिटी बोलाउनुपर्ने पक्षमा हुनुहुन्थ्यो । तर कार्यदल बनेपछि ओलीले चाहेजस्तै सचिवालय बस्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्