Political Hightlights
नेकपा विभाजनको खतरा समाप्त भयोः महासचिव पौडेल
२०७७ साउन ३० गते १८:३७
३० साउन, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले पार्टी विभाजनको खतरा समाप्त भएको बताउनुभएको छ ।
दुई अध्यक्षले आज विवाद समाधानका लागि कार्यदल गठन गरेसँगै नेकपाको एकता सुनिश्चित भएको महासचिव पौडेलको दावी छ । पौडेलका अनुसार अब पार्टी फुट्ने खतरा समाप्त भएको छ ।
गतवर्ष केन्द्रीय कमिटी बैठक यता उत्पन्न बिग्रहको अवस्था आजदेखि अन्त्य भएको दावी गर्दै महासचिव पौडेलले नेकपा एकतावद्ध रहन्छ भन्नेमा पनि सबैलाई ढुक्क रहन अपील गर्नुभयो ।
पार्टीको विवाद समाधान कार्यदलका संयोजक पौडेलले कार्यदलले विवादका विषयमा छलफल गरी छिटोभन्दा छिटो समाधानका उपायसहितको प्रतिवेदन दिने पनि जानकारी दिनुभयो ।
प्रतिक्रिया