नेकपामा लामो संवादहीनता टुट्यो, दुई अध्यक्षबीच भेटवार्ता

२९साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको संवादहीनता टुटेको छ ।
पार्टीमा विवाद बढ्दै गएका दुई नेताबीच आज ९ दिनपछि पहिलो पल्ट भेटवार्ता भएको छ ।
झण्डै चार घण्टा बालुवाटारमा ओली र प्रचण्डबीच पार्टीभित्रको विवादलाई कसरी निष्कर्षमा पुर्याउने भन्ने विषयमा छलफल भएको छ । पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि उत्कर्षमा पुगेको छ ।
पार्टीको चालू स्थायी कमिटी बैठकलाई नै स्थगित गरेर दुई अध्यक्षबीच पटकपटक छलफल भएपनि सहमति सकेको छैन ।
प्रधानमन्त्री ओलीकै कारण पार्टी र सरकार बदनाम भएको भन्दै दुवै पदबाट राजीनामा मागेको प्रचण्डनेपाल समुह र दुवै पदबाट राजीनामा नदिने ओलीको अडानका कारण विवाद जहाँको त्यहीँ छ । साउन २० गतेदेखि ओली र प्रचण्डबीच संवाद हुन सकेको थिएन ।
प्रतिक्रिया