Political Hightlights

कोरोना रोकथाममा सरकार असफल भएकाले आफै सुरक्षित रहन कांग्रेसको अपील

हिमालय टिभी
२०७७ साउन २६ गते १९:१७
कोरोना रोकथाममा सरकार असफल भएकाले आफै सुरक्षित रहन कांग्रेसको अपील

२६ साउन, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ओली सरकार कोरोना रोकथाम र नियन्त्रण गर्न असफल भन्दै आफै सुरक्षित रहन आम नागरिकलाई अपील गरेको छ ।

कोभिड १९ को अनुगमन गर्न गठित कांग्रेसको समितिले वर्तमान सरकारसँग आशावादी हुने अवस्था नरहेको ठहर गरेको हो । समितिका संयोजक डा प्रकाशशरण महतले सरकारबाट आशा गर्ने ठाउँ नै नरहेको दाबी गर्नुभयो ।

सरकारलाई तत्काल कोभिड नियन्त्रणको काम प्रभावकारी बनाउन पनि आग्रह गरेको छ । कांग्रेसले कोरोनाका कारण समस्यामा परेका नागरिकले उपचार नपाईरहेको भन्दै सहयोग गर्न पार्टी पंक्तिलाई अपील समेत गरेको छ ।

पूर्ण लक डाउन देशले धान्न सक्ने भन्दै कांग्रेसले परीक्षणको नतिजाको आधारमा संक्रमित ठाउँमा लक डाउन र आइसोलेसनको व्यवस्था गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्