Political Hightlights

नेकपाका प्रवक्ता श्रेष्ठको टिप्पणी– पार्टीमा आन्तरिक लोकतन्त्र छैन

हिमालय टिभी
२०७७ साउन २६ गते १४:५७
नेकपाका प्रवक्ता श्रेष्ठको टिप्पणी– पार्टीमा आन्तरिक लोकतन्त्र छैन

२६ साउन, २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र आन्तरिक लोकतन्त्र नभएको टिप्पणी गर्नुभएको छ ।

फेसबुकमार्फत प्रवक्ता श्रेष्ठले पार्टी नेतृत्व र पार्टीको लोकतान्त्रिक निष्ठामाथि गम्भीर प्रश्न उठाउनुभएको हो । कम्युनिष्ट पार्टीको उद्देश्य समाजमा आज सम्मको सर्वोत्तम लोकतन्त्रको अभ्यास गर्नु,गराउनु हो भन्दै श्रेष्ठले त्यसका लागि अहिले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्त भएको बताउनुभएको छ ।

श्रेष्ठले अन्तरसंघर्षलाई सार्थक निष्कर्षमा पुर्‍याउन वैचारिक, सैद्धान्तिक, राजनीतिक, प्रवृत्तिगत र मुद्दागत रुपमा सिधा, खुला र स्पष्ट छलफल गर्ने कार्यशैली अख्तियार गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।

पार्टीभित्र अहिले सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा, बाहिर अर्को कुरा र एक ठाउँमा एउटा कुरा,अर्को ठाउँमा अर्को कुरा गर्ने प्रवृत्ति समस्या बनेको श्रेष्ठको ठहर छ ।

यसले समस्या समाधान गर्न सहयोग गर्नुको सट्टा जटील बनाउने तर्फ पनि श्रेष्ठले सचेत गराउनुभएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला श्रेष्ठको यस्तो भनाइ आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्