Political Hightlights

सभापति देउवाद्वारा थप १० वटा विभागमा प्रमुख, उपप्रमुख, सचिव र सदस्य मनोनित

हिमालय टिभी
२०७७ साउन २६ गते १२:४४
सभापति देउवाद्वारा थप १० वटा विभागमा प्रमुख, उपप्रमुख, सचिव र सदस्य मनोनित

२६ साउन, २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गर्नुभएको छ ।

सभापति देउवाले कांग्रेसको विधान २०१७ को धारा २५ ९९० बमोजिम मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेसले विधान संशोधन गरेर विभागहरुको संख्या ४७ पुर्याएको छ ।

कतिपय विभागहरुको प्रमुखमा पुरानै अनुहार दोहोरिएका छन् । संगठन विभाग प्रमुखको जिम्मा गोपालमान श्रेष्ठलाई दिइएको छ । सचिवमा झापाका विनकुमार विश्वकर्मा तोकिएका छन् । संगठन विभाग ४१ सदस्यीय छ ।

शिक्षा विभागको प्रमुखमा हरिप्रसाद नेपाल, उपप्रमुखमा चितवनका शेषनाथ अधिकारी र सचिवमा कास्कीका डा। कृष्णप्रसाद पौडेल तोकिएका छन् । शिक्षा विभाग ४० सदस्यीय छ ।

कांग्रेस सभापति देउवाले यातायात व्यवसायी समन्वय विभागको जिम्मा महेन्द्र यादवलाई दिनुभएको छ । यसैगरी मुस्लिम विभागको प्रमुखमा फरमुल्लाह मन्सुर रहनुभएको छ । सचिव बाराका परवेज अन्सारी तोकिनुभएको छ ।

तराई–मधेश समन्वय विभाग प्रमुखको जिम्मेवारी अजयकुमार चौरसियाले पाउनुभएको छ ।

संघीय मामिला तथा प्रदेश समन्वय विभागको प्रमुखको जिम्मेवारी रमेश रिजाल र वन, वातावरण तथा विपत व्यवस्थापन विभागको प्रमुख अम्बिका बस्नेतलाई दिइएको छ ।

आनन्दप्रसाद ढुंगानाले वित्तीय तथा सहकारी संस्था समन्वय विभाग र निर्माण व्यवसायी समन्वय विभागको प्रमुख बीरबहादुर बलायरलाई बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्