Political Hightlights

सिद्धान्त र नेतृत्वमा आउने विचलनले कम्युनिष्ट आन्दोलन धरापमा पार्नसक्छः डा भट्टराई

हिमालय टिभी
२०७७ साउन २५ गते १८:२५
सिद्धान्त र नेतृत्वमा आउने विचलनले कम्युनिष्ट आन्दोलन धरापमा पार्नसक्छः डा भट्टराई

२५ साउन, २०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट सल्लाहकार डा. राजन भट्टराईले सिद्धान्त र नेतृत्वमा आउने विचलनले कम्युनिष्ट आन्दोलन धरापमा पार्ने बताउनुभएको छ ।

मदन भण्डारी फाउन्डेसन नागार्जुन नगर कमिटीको आयोजनामा भएको “नेपालको कम्युनिष्ठ आन्दोलन र लोकतान्त्रिक विचार गोष्ठी” विषयक कार्यक्रममा डा भट्टराईले राजनीतिमा सिद्धान्त गलत, नेतृत्व सही वा सिद्धान्त सही नेतृत्व गलत भन्ने अवस्था आए कम्युनिष्ट आन्दोलनको यात्रा धरापमा पर्ने बताउँदै उहाँले भन्नुभयो, ‘सही सिद्धान्त, सही नेतृत्व, सही नीतिले नै हाम्रो यात्रा सफल हुन्छ ।’

यता नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले कृष्ण गोपाल श्रेष्ठले दुई पार्टी मिलेर बलियो नेकपा बनिसकेको अवस्थामा विगतलाई नभइ वर्तमानलाई आधार बनाएर अगाडि जान सके पार्टी एकताको सार्थकता हुने बताउनुभयो ।

यस्तै नेकपा काठमाडौं जिल्ला अध्यक्ष एवम प्रतिनिधिसभा सांसद कृष्ण राईले पार्टी एकता भइसकेको अवस्थामा एमाले र एमाओवादीका नेता कार्यकर्ताको आगामी यात्राको बुझाई फरक नभएको भन्दै विगतको मूल्याडकन मात्र फरक रहेको बताउनुभयो ।

नोवेल कोरोना भाइरसले अन्तर्राष्ट्रिय क्षेत्रमा पारेको प्रभाव एवम नेपालमा यसको प्रभाव प्रकृतिका कारण लकडाउनको अवस्थाले फाउण्डेसले आफना गतिविधिलाई अगाडी बढाउन सकेको थिएन ।

तर लकडाउन खुलेपछि भने फाउण्डेसनले उच्च सतकर्ता अपनाउँदै संविधानप्रदत्त स्थानीय अधिकारहरूको वास्तविक कार्यान्वयनको विषयलाई लिएर कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम मदन भण्डारी फाउन्डेसन नागार्जुन नगर कमिटिका अध्यक्ष देवेन्द्र धमालाको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्