Political Hightlights

देउवाले कुनै निरंकुश काम नगरेको सहमहामन्त्री महतको दाबी

हिमालय टिभी
२०७७ साउन २५ गते १८:१०
देउवाले कुनै निरंकुश काम नगरेको सहमहामन्त्री महतको दाबी

२५ साउन, २०७७ काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर दउवाले पार्टीभित्र कुनै निरंकुश काम नगरेको बताउनुभएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति देउवाले विभागहरु गठन गरेर निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको आरोप लगाएको थियो । त्यस्तै सभापति देउवा निरंकुश बनेको आरोप समेत पौडेल पक्षले लगाएको थियो ।

सोही विषयमा न्यूज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै सह–महामन्त्री महतले सभापति देउवा निरंकुश हुनुभयो भन्ने कुरा कसैले पनि नपत्याउने बताउनुभयो । उहाँले विधानमा स्पस्टसँग व्यवस्था भए अनुसार विभाग गठन भएकाले कनै निरंकुश काम नगरेको प्रस्ट पार्नुभयो ।

यस्तै वडाबाट क्रियाशील सदस्यहरुको टुंगो लागेपछि नामावली आउने र सभापतिले नामावली सार्वजनिक नगर्दा सम्म निर्वाचन आचारसंहिता नलाग्ने पनि महतले बताउनुभयो ।

पार्टी भित्रका विभाग गनठनमा कुनै विवाद गर्नुपर्ने अवस्था नरहेको र जसरी असन्तुष्टि पोख्ने काम भएको छ त्यसलाई महाधिवेसन लागेको रुमिा सम्झिन आग्रह समेत गर्नुभयो ।

कसैलाई नसोधि, केन्द्रीय समतिमिा पनि छलफल नगरी विभागहरुको गठन गर्ने अधिकार सभापतिसँग भएपनि नेताहरुको समझदारी नभइकन बनाउँदिन भन्दा ढिलो भएको अहिले गठन गर्दा निरंकुश मान्न नसक्ने उहाँले बताउनुभयो ।

पार्टीमा नचिनेको कार्यकर्ता र नचिनेको नेता कोहीपनि नभएकाले कुनै एउटा विषयवस्तुलाई अतिशक्तिपूर्ण रुपमा प्रस्तुत नगर्न पनि नेताहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्