Political Hightlights

राम जन्मभूमिसम्बन्धी प्रधानमन्त्री ओलीको निर्देशनप्रति कांग्रेसको आपत्ति

हिमालय टिभी
२०७७ साउन २५ गते १३:२४
राम जन्मभूमिसम्बन्धी प्रधानमन्त्री ओलीको निर्देशनप्रति कांग्रेसको आपत्ति

२५ साउन, २०७७ काठमाडौं । चितवन माडीको अयोध्यापुरीमा राम मन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीले रामको जन्मस्थान माडीको अयोध्यापुरी नै रहेको दाबी गर्दै मन्दिर बनाउन माडीका जनप्रतिनिधिलाई निर्देशन दिनुभएको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज ट्वीट गर्दै चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने ? भनेर प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएको छ ।

द्वन्द्वात्मक भौतिकवादको यो कस्तो आध्यात्मिक अवतार हो भन्दै शर्माले यस्तो कर्मले भगवान् राम खुसी होलान् र घर जलेका भक्तले क्षमा देलान् रु भन्ने अर्को प्रश्न गर्नुभएको छ ।

प्रवक्ता शर्माले प्रधानमन्त्रीको निर्देशनपछि कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला कि ुमिशन लिम्पियाधुराु लाई बल पुग्ला ? भनेर व्यङ्ग समेत गर्नुभएको छ ।

राम जन्मभूमि अध्योध्या नेपालमै पर्ने दावी गर्दै आएका प्रधानमन्त्रीले चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिलाई काठमाडौंमा बोलाएर राम मन्दिर बनाउन निर्देशन दिनुभएको थियो ।

अध्योध्याबारे सत्तारुढ नेकपाभित्रै नेता तथा कार्यकर्ताद्वारा फरक(फरक धारणा आइरहेका छन् । पार्टीभित्रको विवादलाई विषायन्तर गर्नलाई अध्योध्यालाई अस्त्रको रुपमा प्रधानमन्त्रीले प्रयोग गरेको आरोप समेत लाग्दै आएको छ ।

यस्तै कांग्रेस प्रवक्ता शर्माले भगवान गौतम बुद्धका बारेमा भारतीय विदेश मन्त्री एस जयशंकरले दिएको विवादास्पद अभिव्यक्तिप्रति पनि आपत्ति जनाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्