तोकिएकै मितिमा पार्टी महाधिवेशन गर्ने सभापति देउवाको प्रतिबद्धता

२२ साउन, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा पार्टीको १४ औं महाधिवेशन सम्पन्न हुने प्रतिबद्धता जनाउनुभएको छ ।
आज बुढाीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पार्टी सभापति देउवाले अब कुनै पनि बहानामा महाधिवेशन नरोकिने र तोकिएकै मितिमा हुने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
असन्तुष्ट पक्षले आशंका गरिरहेका बेला देउवाले विश्वास दिलाउने प्रयास गर्नुभएको हो । कांग्रेसको १४ औं महाधिवेशन आगामी २०७७ फागुन ७ गतेदेखि १० सम्म काठमाडौंमा हुँदैछ ।
महाधिवेशनसम्म पुग्न बाँकी काम छिटो–छिटो गर्ने बैठकले निर्णय समेत गरेको छ । यस्तै पार्टी मुख्य सचिव कृष्ण पौडेलका अनुसार बैठकले क्रियाशील सदस्यता १० लाख पुर्याउने निर्णय गरेको छ ।
बैठकले शतप्रतिशत क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको हो । कांग्रेसका ४ लाख ९५ हजार क्रियाशिल सदस्य छन ।
प्रतिक्रिया