Political Hightlights

नेकपाका दुई अध्यक्षबीच तीन घण्टा मन माझामाझ, छलफललाई निरन्तरता दिने सहमति

हिमालय टिभी
२०७७ साउन १८ गते १४:४७
नेकपाका दुई अध्यक्षबीच तीन घण्टा मन माझामाझ, छलफललाई निरन्तरता दिने सहमति

१८ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच करिब तीन घण्टा छलफल भएको छ।

वरिष्ठ झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई साक्षी राखेर दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।

कुनै सहमति नभएपनि दुई अध्यक्षबीच मन माझामाझ भएको छलफलमा सहभागी एक नेताले जानकारी दिएका छन । दुवै जना आजको छलफलमा लचिलो रुपमा प्रस्तुत भएको र सकारात्मक शुरुवात भएको ती नेताले बताए ।

दुई अध्यक्षबीच पार्टीभित्रको गतिरोध अन्त्यका लागि छलफललाई निरन्तरता दिने सहमति पनि बनेको छ। ओली र अध्यक्ष प्रचण्डबीच १३ साउनयता कुनै छलफल र भेटघाट भएको थिएन।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि दुई अध्यक्षबीच तिक्तता आएको थियो। दुई अध्यक्षबीचको संवादहीनता तोड्न महासचिव विष्णुप्रसाद पौडेलले सक्रियता देखाएका थिए। यसबीचमा पौडेलले ओली र प्रचण्डको सन्देश लिएर बालुवाटार र खुमलटार ओहोरदोहोर गर्नुभएको थियो ।

पार्टीभित्रको विवाद साम्य नभएपछि गएको असार १० देखि शुरू भएको नेकपा स्थायी कमिटी बैठक अवरुद्ध छ। साउन १३ मा ओलीले एक पक्षीय रुपमा बैठक स्थगन गरेपछि प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालको सहयोगमा बैठक बसाल्नुभएको थियो । र, यसले झन दुरी बढेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्