Political Hightlights

नेकपामा संवादहीनता टुट्यो, केही नेतासहित दुई अध्यक्ष छलफलमा

हिमालय टिभी
२०७७ साउन १८ गते १२:५४
नेकपामा संवादहीनता टुट्यो, केही नेतासहित दुई अध्यक्ष छलफलमा

१८ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताहरुबीच लामो समयदेखिको संवादहीनता टुटेको छ ।

अहिले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।

शीर्ष नेताहरुको छलफलमा महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता शुवासचन्द्र नेम्बाङ पनि सहभागी हुनुहुन्छ । बिहान पौने १० बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा पार्टी भित्र देखिएको विवाद समाधानको प्रयास भइरहेको हो ।

पछिल्लो समय नेकपामा प्रधानमन्त्री ओलीको राजीनामाको विषयलाई लिएर विवाद तीब्र बनेको छ। शीर्ष नेताहरुबीच पटकपटक भएका वार्ता र छलफल पनि सहमति नजुट्दा नेकपामा देखिएको विवाद समाधानको विन्दु फेला परेको छैन।

विवाद भएपछि स्थायी कमिटीको बैठक पनि अनिश्चितकालका लागि स्थागित भएको छ भने केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै बहुमत केन्द्रीय सदस्यले हस्ताक्षर सहित पार्टी कार्यालयमा निवेदन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्