Political Hightlights

प्रचण्डले भने–एकता कायम राख्ने नाममा गलत विचार र प्रवृत्ति ढाकछोप गर्न सकिन्न

हिमालय टिभी
२०७७ साउन १७ गते १४:३३
प्रचण्डले भने–एकता कायम राख्ने नाममा गलत विचार र प्रवृत्ति ढाकछोप गर्न सकिन्न

१७ साउन, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताउनुभएको छ ।

कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले गलत विचार र प्रवृतिहरुको ढाकछोप नगरी फछ्र्यौट गर्नुपर्ने बताउनुभयो ।

आम जनता र कार्यकर्ताको चाहना पार्टी विभाजित नहोस भन्ने छ, भन्ने कुरा नेतृत्वको हैसियतले हामीले राम्रोसँग बुझेका छौँ । तर एकता अक्षुण राख्ने नाममा विभिन्न विचार, प्रवृत्ति र इस्युहरुको बहस ढाकछोप र छोपछाप हुने हुनुहुँदैन । तिनको फछ्र्यौट ठिक ढंगले गरिनुपर्छ भन्ने कुरामा पनि सचेत छौँ । पुराना नेताहरुप्रति श्रद्धासुमन र सम्मान प्रकट गर्दा लिनेपर्ने शिक्षा यहि हो ।

कुनै पनि बाहानामा पार्टी विभाजन हुनुहुँदैन भन्ने जनताको चाहना नेतृत्वले बुझेको उल्लेख गर्दै दाहालले भन्नुभयो, ‘‘आम जनता र कार्यकर्ताको चाहना पार्टी विभाजित नहोस भन्ने छ, भन्ने कुरा नेतृत्वको हैसियतले हामीले राम्रोसँग बुझेका छौँ । तर एकता अक्षुण राख्ने नाममा विभिन्न विचार, प्रवृत्ति र इस्युहरुको बहस ढाकछोप र छोपछाप हुने हुनुहुँदैन । तिनको फछ्र्यौट ठिक ढंगले गरिनुपर्छ भन्ने कुरामा पनि सचेत छौँ । पुराना नेताहरुप्रति श्रद्धासुमन र सम्मान प्रकट गर्दा लिनेपर्ने शिक्षा यहि हो ।’’

अध्यक्ष प्रचण्डले समाचारहरुमा आएजस्तो पद प्राप्तीका लागि पार्टीभित्र कुनै विवाद नरहेको उल्लेख गर्दै उहाँले विधि र पद्धतिको पालना कसरी गराउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पटक पटक पद दिएर कम्युनिष्ट आन्दोलन एकतावद्ध हुन नदिने कसरतहरुसँग लडेर हामी आएको हो । अस्थिरता झल्किने कुनै पनि काम नहोस भन्नका लागि आफ्नोतर्फबाट सेक्रिफाइज गरिएका छन । त्यसैले पद प्राप्तीका लागि छिनाझम्टी होइन । यो कम्युनिष्ट पार्टीको विचार र विधिको संयोजनबाट चल्ने पार्टी हो । विचारलाई कसरी स्पष्ट पार्ने, इस्युहरुमा कसरी अगाडि जाने र विधि पद्धतिको पालना कसरी गराउने भन्ने विषयमा नै केन्द्रित भएर हाम्रा छलफल चलिरहेका छन । ’’

अध्यक्ष प्रचण्डले अहिलेको बहसले पार्टीको एकतालाई अझ माथिल्लो स्तरमा लग्दै सुदृढ गर्ने बताउनुभयो । पार्टी एकता टुटाउने फुटाउने प्रवृत्तिहरुलाई सबै मिलेर परास्त गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्