Political Hightlights

नेकपाका १ सय ५२ केन्द्रीय सदस्यद्वारा केन्द्रीय कमिटी बैठक माग गर्दै लिखित पत्र दर्ता (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १४ गते १९:१६
नेकपाका १ सय ५२ केन्द्रीय सदस्यद्वारा केन्द्रीय कमिटी बैठक माग गर्दै लिखित पत्र दर्ता (भिडियोसहित)

१४ साउन, २०७७ काठमाडौं । पार्टीभित्र विवाद बढ्दै गएपछि नेकपाका १ सय ५२ जना केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै पार्टी कार्यालयमा लिखित पत्र दर्ता गराएका छन ।

स्थायी कमिटीले समस्याको समाधान दिन नसकेको भन्दै विधान बमोजिक एक चौथाई भन्दा धेरै केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठकको माग गरेका हुन् । उनीहरुले पार्टी कार्यालय धुम्बाराही पुगेर हस्ताक्षर सहितको पत्र बुझाएका छन् । विधि पद्धति अनुसार पार्टी भित्रको विवाद समाधान गर्न बैठकको माग गरिएको केन्द्रीय सदस्य डा। विजय पौडेलले जानकारी दिनुभयो ।

विधान बमोजिम ६–६ महिनामा बैठक बस्नु पर्ने भएपनि नबसेको र पार्टी संकटमा रहेका बेला केन्द्रीय कमिटी मौन बस्न नहुने भएकोले सर्वोच्च निकाय केन्द्रीय कमिटीको बैठक बस्नै पर्ने केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बताउनुभयो ।

केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टी भित्र बढ्दै गएको विवादले आफुहरुलाई चिन्तित बनाएकोले उपचार खोजेको बताउनुभयो ।

केन्द्रीय कमिटीको एक चौथाई सदस्यले बैठक माग गरेपछि एक महिना भित्र बैठक बोलाउनु पर्ने व्यवस्था पार्टीको विधानमा छ । पहिले महासचिव विष्ण पौडेललाई हस्ताक्षर बुझाउन खोजेपनि समय नपाएपछि केन्द्रीय सदस्यहरुले पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरेका हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्