Political Hightlights

पार्टीको विधि, विधानविपरीत स्थायी कमिटी बैठक स्थगित गर्ने ओलीको निर्णय अनुचित ठहर (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १३ गते १६:५१
पार्टीको विधि, विधानविपरीत स्थायी कमिटी बैठक स्थगित गर्ने ओलीको निर्णय अनुचित ठहर (भिडियोसहित)

१३, साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीका बहुमत सदस्यको बैठकले एक पक्षीय रुपमा बैठक स्थगन गर्ने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई अनुचित ठहर गरेको छ ।

ओली र उहाँ पक्षीय नेताको उपस्थिति बिनै बसेको प्रचण्ड–नेपाल समूहका नेताको बैठकले अध्यक्ष ओलीको कदम अनुचित रहेको निष्कर्ष निकालेको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले विधि विपरित बैठक स्थगित भएको सूचना प्रवाह गरेको बताउनुभयो । प्रचण्ड नेपाल समूहको बैठकले ओलीसँग छलफल गरी पूर्ण बैठक बोलाउने जिम्मा कार्यकारी अध्यक्ष प्रचण्डलाई दिएको छ ।

२९ स्थायी कमिटी र दुई आमन्त्रित सदस्य उपस्थित बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि पद्धतीसम्मत रुपमा अगाडि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिनका निम्ति भूमिका खेल्न नेता कार्यकर्तालाई आग्रह गरेको छ ।

पहिलो वरियताकै अध्यक्षको कदमलाई बहुमत सदस्यले बैठक बसेर अनुचित भनेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ । ओलीले पहिले देखिनै यस्ता निर्णयलाई नमान्ने बताउँदै आउनुभएको छ ।

एक हप्ताका स्थगित भएको बैठक आज विहान ११ बजे बस्ने गरी बोलाइएको थियो । तर अध्यक्ष ओलीले एकल ढंगले बैठक स्थगित गरेपछि प्रचण्ड नेपाल समूहले प्रचण्डको अध्यक्षतामा बैठक बसालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्