Political Hightlights

नेकपा स्थायी कमिटी बैठक बस्दै, नियमित एजेण्डामा छलफल हुने

हिमालय टिभी
२०७७ साउन १३ गते ८:१०
नेकपा स्थायी कमिटी बैठक बस्दै, नियमित एजेण्डामा छलफल हुने

१३ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटिको बैठक आज बस्दै छ । पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटीको बैठक आज बस्न लागेको हो ।

पार्टी भित्रको आन्तरिक विवाद समाधानको प्रयास स्वरुप दुई अध्यक्षबीचको छलफललाई तिब्रता दिनका लागि स्थगित भएको बैठक आज बस्न लागेको हो ।

२३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा अर्ली महाधिवेशन गर्ने प्रस्ताव राख्नुभएपछि नेकपा विवाद थप तरंगित भएको छ ।

पुष्पलाल स्मृति दिवसका दिन अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीकै अगुवाइमा एमाले दर्ताको प्रक्रिया थालिएको आरोप लगाउनुभएको थियो ।

हिजो दिनभर दुई अध्यक्षले आआफ्नो पक्षका नेताहरुसँग आगामी कदमबारे छलफल गरेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठक नियमित एजेण्डामा छलफल हुने जानकारी दिनुभयो ।

नियमित एजेण्डामा छलफल हुने भन्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको राजिनामाका विषयमा पनि छलफल हुने बताउनुभयो । बैठक अघी अध्यक्षद्वयबीच छलफल हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्