आर्थिक

राष्ट्रबैंकद्वारा कोरोनाबाट प्रभावित व्यवसायको वर्गीकरण, कुन क्षेत्र कुन वर्गमा ?

हिमालय टिभी
२०७७ साउन १२ गते १८:४२
राष्ट्रबैंकद्वारा कोरोनाबाट प्रभावित व्यवसायको वर्गीकरण, कुन क्षेत्र कुन वर्गमा ?

१२ साउन, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैकले कोरोना भाइरसबाट प्रभावित व्यवसायको वर्गीकरण गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति कार्यन्वयनका लागि आज निर्देशिका जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायको वर्गिकरण गरेको हो । राष्ट्र बैंकले अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित गरी व्यवसायलाई तीन भागमा वर्गीकरण गरेको हो ।

अब सम्बन्धित व्यवसायीले आफू कुन वर्गिकरणमा परेको सोही अनुरुप छुट प्राप्त गर्नेछन् । राष्ट्र बैंकले पर्यटन क्षेत्र अन्तर्गत ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, र्‍याफ्टिङ, होटल, होमस्टे, रिसोर्ट तथा रेष्टुराँ, बन्यजन्तु आरक्षणलाई अति प्रभावितमा राखेको ।

यस्तै गल्फ कोर्स, हवाइ तथा पर्यटकीय यातायात, मनोरञ्जन, पार्क, पार्टी प्यालेस, सिनेमा हल, रोजगारी गुमेका वा लेअफमा परेका श्रमिक, कामदार, मेनपावर कम्पनी लगायतलाई समेत अति प्रभावित मानेको छ ।

मध्यम प्रभावितमा वस्तु उत्पादन तथा वितरण गर्ने उद्योग, विद्यालय तथा कलेज, यात्रुवाहक स्थल यातायात, ब्युटी पार्लर, अस्पताल, फिटनेस सेन्टर परेका छन् ।

यीबाहेक निर्माण व्यवसाय, सञ्चार उद्योग, नविकरणीय उर्जा, माटो तथा सिसा लगायतका व्यवसाय पनि यसै वर्गिकरणमा छन् । कम प्रभावितमा भने राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत आयोजना, अति आवश्यकिय वस्तुसम्बन्धि व्यवसाय, इन्टरनेट, विज्ञापन, मदिराजन्य व्यपार, ढुवानी सेवा, सुनचाँदी लगायतका व्यवसाय छन् ।

अब अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई एक वर्ष, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई ९ महिना तथा न्यून प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई ६ महिनासम्मका लागि ग्रेस अवधि थप गर्न सकिनेछ । यस्तै स्वीकृतिप्राप्त पर्यटकस्तरीय होटलको हकमा अधिकतम २ वर्षसम्मका लागि ग्रेस अवधि थप गर्न सकिने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *