Political Hightlights

नेकपा स्थायी कमिटी बैठकअघि दुवै पक्ष आन्तरिक छलफलमा, भोलिकाे बैठकमा सहमतिको प्रयास हुने

हिमालय टिभी
२०७७ साउन १२ गते १३:००
नेकपा स्थायी कमिटी बैठकअघि दुवै पक्ष आन्तरिक छलफलमा, भोलिकाे बैठकमा सहमतिको प्रयास हुने

१२ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक बस्नुअघि दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन् ।

भोली बैठक बस्नु अघि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफू निकटका नेतासँग छलफल गर्नुभएको छ ।

यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले खुमलटारमा छलफल गरेका छन् । प्रचण्ड निवास खुमलटारमा बसेको सचिवालय सदस्य र स्थायी कमिटीका केही सदस्यबीचको छलफलले भोलि जसरी पनि स्थायी कमिटी बैठक बस्नुपर्ने निष्कर्ष निकालेको छ ।

छलफलमा सहभागी एक सचिवालय सदस्यले अब स्थायी कमिटी बैठक अनिर्णित भएर नबस्ने बताए । बैठकअघि प्रधानमन्त्री ओलीलाई पनि सहमतिमा ल्याउने अधिकतम् प्रयास हुने ती सदस्यले बताए ।

यता प्रधानमन्त्री ओलीले विहानदेखि नै आफु पक्षधर नेतासँग छलफल गरिरहनुभएको छ । महासचिव विष्णु पौडेलले भोलिको बैठक नरोकिने र त्यसैअनुसार नेताहरुबीच संवाद भइरहेको जानकारी दिनुभयो ।

गत ९ गते यता दुई अध्यक्ष ओली र प्रचण्डबीच पनि संवाद हुनसमेत सकेको छैन । असार १० गते शुरु भएको नेकपाको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ । पछिल्लो पटक एकसातका लागि स्थगित बैठक भोलिका लागि बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्