Political Hightlights

राजनीति नै भ्रष्टाचारको केन्द्र बन्योः पूर्व मन्त्री शर्मा

हिमालय टिभी
२०७७ साउन ११ गते १९:१६
राजनीति नै भ्रष्टाचारको केन्द्र बन्योः पूर्व मन्त्री शर्मा

११ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले राजनीति नै भ्रष्टाचारको केन्द्र बनेको बताउनुभएको छ ।

संसदको राज्य व्यवस्था समितिमा बोल्दै नेता शर्माले राजनीतिमै सबैभन्दा ठूलो समस्या रहेको बताउनुभयो । शक्तिका केन्द्रनै भ्रष्टाचारका केन्द्र बनेको शर्माको टिप्पणी छ ।

नेकपा नेतृ एवं पूर्वमन्त्री सांसद पम्फा भुसालले ठूला परियोजनामा पहिले नै ठेक्का निश्चित गरेर हुने भ्रष्टाचारलाई अख्तियारले हेर्न सक्छ की सक्दैन भनेर प्रश्न गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद सांसद प्रेम सुवालले प्रमुख आयुक्त देखि आयुक्तसम्म भागवण्डा गरेर नियुक्त गरिने भएकोले भ्रष्टाचार नियन्त्रण र कारवाही हुन नसक्ने बताउनुभयो ।

अख्तियारको वार्षिक प्रतिवेदनमाथिको छलफलमा सांसदहरुले राजनीतिक दलहरुबाट पदाधिकारी नियुक्त हुने परिपाटीले भ्रष्टाचार बढेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्