राज्यका अंगबाट राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्ने काम भएः प्रवक्ता श्रेष्ठ

११ साउन, २०७७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता राज्य प्रणाली र व्यवस्थामाथिनै प्रश्न उठ्ने गरी राज्यका अंग र संयन्त्रले काम गरिरहेको भन्दै गम्भीर चिन्ता प्रकट गर्नुभएको छ ।
देखिएका समस्या बेलैमा समाधान नगरे परिणाम नराम्रो पनि हुन सक्ने श्रेष्ठको आंकलन छ ।
चितवनमा चेपाङबस्तीमा आगजनी, श्रीमती हत्या गर्ने पूर्व डीआइजी रञ्जन कोइरालाको सजाय कटौती, रुकुममा दलित युवकको हत्या र चितवनमा सेनाको कुटपिटबाट युवकको मृत्युले राज्य व्यवस्थामाथि प्रश्न उठेको श्रेष्ठको बुझाई छ ।
फेसबुकमार्फत श्रेष्ठले यस्तो किन हुन्छ भनेर पनि प्रश्न गर्नुभएको छ । उहाँले दोषीलाई कारबाही गर्न माग गर्दै उनीहरुको आवाज समयमै सम्बोधन गर्न सरकारलाई आग्रह समेत गर्नुभएको छ ।
प्रवक्ता श्रेष्ठले परिणाम सधै सकारात्मक नहुने भन्दै ध्यानाकर्षण समेत गराउनुभएको छ ।
प्रतिक्रिया