जोशीलगायतका नेताहरुको निश्कासनप्रति नेता कोइरालाको आपत्ति

११ साउन, २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पूर्वमन्त्री गोविन्दराज जोशीलगायतका नेताहरुलाई पार्टीबाट निश्कासन गरेकोमा आपत्ति जनाउनुभएको छ ।
गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टको निष्काशनलाई कोइरालाले दुर्भाग्य पूर्ण भन्नुभएको छ । फेसबुकमार्फत कोईरालाले आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर तीन जना नेताहरुलाई निस्कासन गरिएको टिप्पणी गर्नुभएको छ ।
जोशी, ओझा र बिष्टको निष्काशनले लोकतन्त्रका पक्षमा उहाँहरुले बगाएको रगत पसिनाको अवमूल्यन भएको कोईरालाको ठहर छ ।
एकातिर अरु पार्टीबाट कांग्रेसमा प्रवेश गराउने र अर्कोतिर पार्टीकै नेताहरुलाई निष्काशन गर्दा के सन्देश जान्छ भनेर पनि कोईरालाले प्रश्न गर्नुभएको छ ।
नेपाली कांग्रेसको अनुशासन समितिले पूर्व सहमहामन्त्री जोशी, कैलालीका महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो । उनीहरुले गत चुनावमा पार्टीलाई असहयोग गरेको आरोप छ ।
प्रतिक्रिया