Political Hightlights

स्थायी कमिटी बैठकमै निकास खोज्ने नेकपा सचिवालय बैठकमा सहमति

हिमालय टिभी
२०७७ साउन ३ गते १९:५५
स्थायी कमिटी बैठकमै निकास खोज्ने नेकपा सचिवालय बैठकमा सहमति

३ साउन, २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानको गाँठो सचिवालय बैठकमा फुक्न नसकेपछि स्थायी समितिबाटै निकास निकाल्ने पक्षमा नेताहरु देखिएका छन् ।

सहमतिका लागि भन्दै शनिबार सचिवालय बैठक बोलाइएपनि निष्कर्ष ननिस्केपछि फेरि स्थायी समितिमै विवाद समाधानको प्रयास गरिने भएको हो । विवाद समाधानका लागि भन्दै पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएपनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुरा मिल्न सकेको छैन ।

राजीनामाको कुनै विषय औपचारिक प्रस्ताव बनेको थिएन । पार्टीमा छलफलका क्रममा विभिन्न नेताहरुले के गरेर आजको संकट समाधान गर्न र जिम्मवारी पुरा गर्न सकिन्छ भन्ने बारेमा विचार राखनुभएको थियो । त्यो विचारहरु प्रस्ताव बनेको र निर्णयार्थ प्रस्तुत भएको अवस्था होइन् ।

शनिबार सचिवालय बैठकमा छलफल भएपनि कुनै निर्णय हुन नकसेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । पार्टीभित्र देखिएको आन्तरिक संकट टार्न सचिवालय बैठक डाँकिएपनि बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको उहाँले बताउनुभयो ।

आन्तरिक संकटलाई सहमतिको आधारमा कसरी सम्बोधन र समाधान गर्ने भन्ने बारेमा अध्यक्षद्वयबीच गृहकार्य भइरहेको उल्लेख गर्दै उहाँले विवाद समाधानका गरी पार्टी एकता सुदृढ बनाउँदै कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा सचिवालयमा छलफल भएको बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले आइतबार तोकिएकै समयमा स्थायी समिति बैठक बसी छलफल अगाडी बढाउने निष्कर्ष सचिवालयले निकालेको बताउनुभयो । प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेको विषय बैठकमा प्रवेश ग¥यो की गरेन भन्ने पत्रकारहरुको प्रश्नमा प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘‘राजीनामाको कुनै विषय औपचारिक प्रस्ताव बनेको थिएन । पार्टीमा छलफलका क्रममा विभिन्न नेताहरुले के गरेर आजको संकट समाधान गर्न र जिम्मवारी पुरा गर्न सकिन्छ भन्ने बारेमा विचार राखनुभएको थियो । त्यो विचारहरु प्रस्ताव बनेको र निर्णयार्थ प्रस्तुत भएको अवस्था होइन् ।’’

दाहाल लगायत स्थायी समितिका बहुमत सदस्यले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दि दबाब दिइरहहेका छन् । शीर्ष तहमा सहमति जुटाउने भन्दै पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको छ । असार १० गतेदेखि जारी बैठक नेताहरुबीच सहमति हुन नक्सदा आसर १८ गते यता बारम्बार स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्