Political Hightlights

नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यक्षद्वय छलफलमा

हिमालय टिभी
२०७७ साउन २ गते १२:४२
नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यक्षद्वय छलफलमा

२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक आज बस्दै छ ।

पछिल्ले समय एक हप्ताका लागि स्थगित भएको स्थायी कमिटीको बैठक आज बस्न लागेको हो । विहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो तीन बजेका लागि सारिएको छ ।

आन्तरिक विवाद समाधानका लागि हिजो वरिष्ठ नेता माधव नेपालसहित दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको बैठक विना निश्कर्ष टुंगिएपछि आजको बैठक अन्योलताकाबीच सञ्चालन हुने भएको हो ।

स्थायी कमिटी बैठक बस्नुपूर्व अध्यक्ष ओली र प्रचण्डबीच छलफल भइरहेको छ । बैठकमा नेताहरुले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाइरहेका छन् ।

आजको बैठकमा पार्टी भित्रको विवाद समाधानका लागि केन्द्रीय कमिटी बैठक बोलाउने प्रस्ताव पेश हुने सम्भावना छ । हिजो अध्यक्षद्धय ओली र प्रचण्ड तथा वरिष्ठ नेता नेपालबीच विवादका विषय केन्द्रीय कमिटी बैठकमा लगेर छलफल गर्ने सहमति भएको थियो ।

जसअनुसार दुवै पक्षका नेताहरुले आफू पक्षधर सँग छलफल गरेका छन् । एक सचिवालय सदस्यका अनुसार बैठक एक महिनाभित्र बोलाउने तयारी छ । केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा ओली पक्ष र नेपाल–प्रचण्ड पक्षले आफू निकट नेतासँग छलफल गरेका छन् ।

सबै विषयमा पार्टीको माथिल्लो निकाय केन्द्रीय कमिटीमा छलफल हुने भएकाले आरोप प्रत्यारो पनि बन्द गर्ने दाबी गरिएको छ । नेकपा भित्र अहिले प्रचण्ड र नेपाल समूहले प्रधानमन्त्री ओलीले पद छाड्नु पर्ने माग गरिरहेको छ भने ओलीले कुनै पनि पद नछाड्ने अडानमा हुनुहुन्छ ।

पटक पटक स्थायी कमिटी बैठक रोकेर सहमती खोज्ने प्रयास भएपनि सहमति हुन सकेको छैन् । खासगरी भारतले आफूलाई हटाउन लागेको र नेताहरु पनि आफूविरुद्ध लागेको भन्ने ओलीको अभिव्यक्तिले पार्टीभित्र विवाद बढ्दै गएको छ ।

यी सबै विषयमा अब केन्द्रीय कमिटीमा छलफल हुने छ । तर सचिवालय र स्थायी कमिटीमा जस्तै ओली केन्द्रीय कमिटीमा पनि अल्पमतमा रहेको प्रचण्ड नेपाल समूहको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्