Political Hightlights

चिनियाँ राजदूत यान्छी र नेकपा नेता खनालबीच भेटवार्ता

हिमालय टिभी
२०७७ असार २३ गते १२:३६
चिनियाँ राजदूत यान्छी र नेकपा नेता खनालबीच भेटवार्ता

२३ असार, २०७७ काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गर्नु भएको छ ।

भेटवार्ताका लागि राजदूत होउ बिहान खनाल निवास डल्लु पुग्नु भएको थियो । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको छ । कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ ।

नेकपाभित्र विवाद बढेको बेला केही दिनयता चिनियाँ राजदूत होउको सक्रियता बढेको छ । यसअघि उहाँले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गर्नु भएको थियो ।

राजदूत होउले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग पनि भेट गरेको बुझिएको छ । तर उक्त भेट गोप्य राखिएको छ । नेकपा नेताहरूसँगको राजनीतिक भेटवार्ताहरुमा राजदूत होउले एकताबद्ध भएर अघि बढ्न सुझाव दिने गरेको चर्चा छ ।

चिनियाँ राजदूतको सक्रियतालाई कतिपयले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो दिएको भनेर आलोचना गर्ने गरेका छन् । राजदूत होउको नेपाल कार्यकाल सकिन लागेकोले विदाई भेटका रुपमा पनि लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्