Political Hightlights

नेकपा अध्यक्षद्वयबीच आज पनि वार्ता हुँदै, नेपाल पक्षद्वारा आशंका व्यक्त

हिमालय टिभी
२०७७ असार २३ गते ७:३१
नेकपा अध्यक्षद्वयबीच आज पनि वार्ता हुँदै, नेपाल पक्षद्वारा आशंका व्यक्त

२३ असार, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको विवाद समाधानका लागि आज पुन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ ।

सहमतिको खाकासहित आज अध्यक्षद्वयबीच छलफल हुने भएको हो । यस अघि हिजो ओली र प्रचण्डबीच भएको वान टु वान वार्ता सकारात्मक भए पनि बिना निष्कर्ष सकिएको थियो ।

अनौपचारिक कार्यदलले तयार पार्ने सहमतिको खाकासहित आज अध्यक्षद्वयबीच वार्ता हुन लागेको हो । आज जसरी पनि अध्यक्षद्वयबीच सहमति गराउने प्रयासमा नेताहरु लागेका छन् ।

विष्णु पौडेल, शंकर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनलाई गृहकार्य गर्ने र सहमतिको खाका बनाउने जिम्मा दिइएको छ ।

कार्यदल भनेर घोषणा नै नगरेपनि चार जनाको टोलीलाई अरु नेतासँग समेत बसेर सहमतिको खाका बनाउने जिम्मा दिइएको थियो । ती नेताहरुले बनाएको सहमतिको खाकाका आधारमा शीर्ष नेताबीच छलफल हुने भएको हो ।

यसैबीच ओली र प्रचण्डबीच संवादको वातावरण बनिरहेका बेला वरिष्ठ नेता माधवकुमार पक्षले भने आशंका व्यक्त गरेको छ । पहिलेजस्तै दुई अध्यक्षबीच सहमति भएमा आफुहरु पेलानमा पर्ने भन्दै नेपाल समूहले वार्तामा वरिष्ठ नेताहरुलाई पनि राखिनुपर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्