Political Hightlights

राष्ट्रपतिविरुद्ध महाभियोग हल्ला मात्र होः प्रवक्ता श्रेष्ठ

हिमालय टिभी
२०७७ असार २१ गते ८:२१
राष्ट्रपतिविरुद्ध महाभियोग हल्ला मात्र होः प्रवक्ता श्रेष्ठ

२१ असार, २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुठो प्रचार गरिएको बताउनु भएको छ ।

उहाँले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न पनि आग्रह गर्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र गरिएको सुनाएका थिए ।

त्यसैतर्फ लक्षित गर्दै नेकपा प्रवक्ता श्रेष्ठले सामाजिक सन्जाल ट्वीटर मार्फात झुठो प्रचार नगर्न आग्रह गर्नुभएको हो ।

राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था भएको भन्दै श्रेष्ठले यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतान्न आग्रह गर्नुभएको छ ।

उहाँले महाअभियोग ल्याउने प्रस्तावको झुठो प्रचारमा राष्ट्रपति स्वयंको पनि ध्यान जाने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्