आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित

२० असार २०७७ काठमाडौं । आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक अन्तिम समयमा आएर फेरि स्थगित भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार अर्को बैठक असार २२ गते सोमबार बस्नेछ। बिहीबार केहीबेर बसेर आजसम्मका लागि स्थगित भएको बैठक फेरी स्थगित गरिएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै स्थायी कमिटी बैठक पनि प्रभावित हुँदै आएको छ ।
पार्टी एकतामा गम्भीर संकट देखा परेको र संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरुले प्रयास गर्ने भन्दै एक दिनको समय राखेर बैठक स्थगित गरिएको थियो।
तर, शनिबारसम्म पनि संकट समाधानको सूत्र फेला नपरेपछि बैठक फेरि दुई दिनपछि सरेको हो ।
प्रतिक्रिया