Political Hightlights

सडकमा लाग्यो ‘सरकार ढाल्न पाइँदैन’ र ‘भारतीय दलाल होसियार’को नारा

हिमालय टिभी
२०७७ असार १८ गते २०:२२
सडकमा लाग्यो ‘सरकार ढाल्न पाइँदैन’ र ‘भारतीय दलाल होसियार’को नारा

१८ असार, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भारतले हटाउन खोजेको र त्यसमा नेकपाकै नेताहरु संलग्न रहेको आरोप लगाएपछि नेकपामा भाँडभैलो मच्चिएको छ ।

र, पार्टी विभाजनको अवस्थामै पुगिसकेको छ । तर ओलीले जे आरोप लगाउनुभएको छ, उहाँका समर्थक त्यही विषयलाई नारा बनाएर सडकमै उत्रेका छन । अर्थात ओलीको विरोध गर्ने नेतालाई ओली समर्थकले भारतीय दलाल करार गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन पाइँदैन भन्दै काठमाडौंमा यो जुलुश निस्केको छ। देशका अरु कतिपय ठाउँमा पनि ओलीको समर्थनमा प्रदर्शन भएको छ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले राजिनामा मागेपछि ओलीको पक्षमा सडकमा जुलुश निस्केको छ ।

सरकार ढाल्न पाइँदैन
ओलीले जसरी सार्वजनिक रुपमा आफूलाई भारतले हटाउन थाल्यो भनेर बोल्नुभयो, त्यसैलाई यो समूहले पुरापुरा विश्वास गरेको छ । यो समूहको नाराले त्यही भन्छ ।

वैदेशिक हस्तक्षेप बन्द गर
प्रधानमन्त्री ओलीले त भारतको चाहनामा नेकपाकै नेताहरुले काम गरेको भनेर आशंका गर्नुभएको थियो, तर ओलीलाई जुरुक्क बोकेर हिंडेको यो समूहले ओलीको राजिनामा माग्ने नेकपाका सबै नेतालाई भारतीय दलाल मानेको छ ।

भारतीय दलाल होशियार
देख्दा यो जुलुश ओलीको समर्थनमा मात्रै देखिन्छ, तर यसको सन्देश भने गम्भीर छ किनकी ओलीको विरोध गर्ने सबै देश विरोधी र भारतीय दलाल हुन भन्न खोजिएको छ यहाँ । जुन ओलीको आड लिएरै भएको छ । यस्तो प्रवृत्तिले समाजलाई तोड्ने काम गर्छ । त्यसैले यसमा प्रधानमन्त्री ओलीको गम्भीर ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्