Political Hightlights

चीनले सीमा मिचेको भन्ने ‘फेक’ प्रतिवेदन तयार पार्ने कारखाना खोज्दैछौं : परराष्ट्रमन्त्री ज्ञवाली

हिमालय टिभी
२०७७ असार १५ गते १४:११
चीनले सीमा मिचेको भन्ने ‘फेक’ प्रतिवेदन तयार पार्ने कारखाना खोज्दैछौं : परराष्ट्रमन्त्री ज्ञवाली

१५ असार, २०७७ काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने प्रतिवेदन कसले कहाँ बनएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताउनुभएको छ ।

राष्ट्रियसभामा समय लिएर बोल्दै मन्त्री ज्ञवालीले चीनसँग हुँदै नभएको सीमा विवादका विषयमा भ्रामक प्रतिवेदन कहाँबाट सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले तथाकथित प्रतिवेदनसँग सम्बन्धित व्यक्तिको पहिचान गरी कारवाहीको दायरामा ल्याइने बताउनुभयो ।

भारतसँग सीमा विवादका कारण पश्चिमको त्रिदेशीय सीमा स्तम्भ कायम नभएकोबाहेक चीनसँगै कुनै ठाउँमा पनि सीमा समस्या नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कसरी प्रायोजित ढंगले समाचारहरु आए ? दुई देशको सम्बन्धलाई गम्भिर प्रभाव पार्ने यस्ता खालका फेक न्यूजहरु कसरी कुन कारखानाबाट आए ? कसरी सर्कुलेट भए ? भन्ने कुराहरु गम्भिर रुपमा लिएका छौँ । त्यो सो कल्ड प्रतिवेदन कहाँ उत्पादन भयो भन्ने कुराको खोजी गरिरहेका छौ । तथाकथित स्रोतसँग सम्बन्धित व्यक्तिलाई कानूनी कारवाहीमा ल्याउने छौँ ।’’

कसरी प्रायोजित ढंगले समाचारहरु आए ? दुई देशको सम्बन्धलाई गम्भिर प्रभाव पार्ने यस्ता खालका फेक न्यूजहरु कसरी कुन कारखानाबाट आए ? कसरी सर्कुलेट भए ? भन्ने कुराहरु गम्भिर रुपमा लिएका छौँ । त्यो सो कल्ड प्रतिवेदन कहाँ उत्पादन भयो भन्ने कुराको खोजी गरिरहेका छौ । तथाकथित स्रोतसँग सम्बन्धित व्यक्तिलाई कानूनी कारवाहीमा ल्याउने छौँ ।

भौगोलिक विकटताका कारण ३७ र ३८ नम्बर सीमा रेखा निर्माण नगर्ने सहमति दुबै देशबीच बनेको उहाँले बताउनुभयो । अहिले सगरमाथाको उचाई घोषणा गर्ने तयारी नेपालले गरिरहँदा चीनले पनि नापेकाले दुबै देशबीच कुराकानी भइरहेको उहाँले बताउनुभयो । सन् २००६ भन्दा अगाडि ५७ र ६२ सीमा स्तम्भ हराएपनि त्यसपछि भएको संयुक्त निरीक्षणका क्रममा फेला परेको उहाँले बताउनुभयो ।

मन्त्री ज्ञवालीले गोरखाका रुई गाउँमा चीनले अतिक्रमण गरेको भन्ने विषयमा पनि स्पष्टिकरण दिनुभएको छ । सांसद प्रमिला कुमारीले रुई गाउँ नेपालको भएको प्रमाणित हुने दस्तावेज नेपालसँग भए पनि चीनले दावी गरिरहेको विषयमा के हो भन्दै प्रश्न गर्नुभएको थियो । मन्त्री ज्ञवालीले सीमाकंन हुनुभन्दा अगाडीको समयमा नै सानागाउँ र रुई गाउँका स्थानीयले लेक बेसी गर्ने गरेको उल्लेख गर्दै सीमाकंन भएपछि स्थानीयको स्वेच्छाले नै रुई गाउँका बासिन्दाहरु चीनतिर गएको बताउनुभयो ।

सानागाउँ र रुई गाउँमा परम्परादेखि नै औपचारिक सीमाकंन भएको अवस्थासम्म लेक बेसी भनेजस्तो खर्क बसाउने चलन थियो । सीमा छुट्याउने कुरा भएपछि सीमा स्तम्भ निर्माण गरेपछि त्यतिबेला १ सय १० घर परिवारलाई तपाईहरु कतातिर रहने हो भनेपछि ६० ले उतातिर रुई (चीनतिर) र ४० यता (नेपाल) सामागाउँ तिर रहनेगरी बसोबास रोजे । पहिलेदेखि रहेका कागजातहरु कायमै रहेपनि त्यसले ठूलो कानूनी झमेला भएन् । जबरजस्ती कतैबाट अतिक्रमण भएको प्रश्न होइन् । स्वेच्छाले सीमा तोकेपछि कतातिर बस्ने भनिएको हो ।

उहाँले भन्नुभयो, ‘‘सानागाउँ र रुई गाउँमा परम्परादेखि नै औपचारिक सीमाकंन भएको अवस्थासम्म लेक बेसी भनेजस्तो खर्क बसाउने चलन थियो । सीमा छुट्याउने कुरा भएपछि सीमा स्तम्भ निर्माण गरेपछि त्यतिबेला १ सय १० घर परिवारलाई तपाईहरु कतातिर रहने हो भनेपछि ६० ले उतातिर रुई (चीनतिर) र ४० यता (नेपाल) सामागाउँ तिर रहनेगरी बसोबास रोजे । पहिलेदेखि रहेका कागजातहरु कायमै रहेपनि त्यसले ठूलो कानूनी झमेला भएन् । जबरजस्ती कतैबाट अतिक्रमण भएको प्रश्न होइन् । स्वेच्छाले सीमा तोकेपछि कतातिर बस्ने भनिएको हो ।’’

मन्त्री ज्ञवालीले नेपाल भारतसमस्या कूटनीतिक वार्ता नै समाधान हुने बताउनभुएको छ । भारतसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै उहाँले वार्ताका लागि उपयुक्त समयको पर्खाइमा रहेको बताउनुभयो । मन्त्री ज्ञवालीले सीमा विवाद समाधान गरेर मात्रै विश्वासमा आधारित घनिष्ठ सम्बन्ध भारतसँग कायम गर्न सकिने बताउनुभयो । सीमा विवादको विषयले अन्य दुई देशको सामाजिक, आर्थिक सम्बन्धमा असर पार्न नहुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्