Political Hightlights
कांग्रेसले भन्यो– प्रधानमन्त्रीले काम गर्न नसकेर विषयान्तर गरे
२०७७ असार १४ गते १८:३६

१४ असार, २०७७ काठमाडौं । आफूलाई हटाउन खोजिएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको प्रतिक्रिया आएको छ ।
कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले काम गर्न नसकेर त्यसबाट बच्न प्रधानमन्त्री ओलीले विषयान्तर गर्न खोजेको टिप्पणी गर्नुभयो । हिमालय टेलिभिजनसँग कुरा गर्दै डाक्टर महतले कांग्रेस प्रधानमन्त्रीलाई हटाउने पक्षमा नरहेको प्रष्ट पार्नुभयो ।
त्यस्तै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पनि प्रधानमन्त्री ओली विषय अन्तै मोडेर आलोचनाबाट बच्न खोजेको प्रतिक्रिया दिनुभयो ।
कांग्रेसले सरकार फेर्ने विषयमा आफूलाई शंका नगर्न पनि आग्रह गरेको छ ।
प्रतिक्रिया