आर्थिक

समस्या उत्कर्षमा पुगेपछि मात्रै तात्ने सरकार, किसान क्षति बेहोर्न बाध्य (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १३ गते १९:३१
समस्या उत्कर्षमा पुगेपछि मात्रै तात्ने सरकार, किसान क्षति बेहोर्न बाध्य (भिडियोसहित)

१३ असार, २०७७ धनकुटा । सरकारको आधिकारिक निकायले अनुसन्धान गरेर उपयुक्त ठहर्याएपछि मात्र कुनै पनि फलफुलको खेति गर्नु राम्रो हुन्छ । तर नेपालमा किसानले उत्पादन सुरु गरिसकेपछि मात्रै सरकारी निकायले अनुसन्धान सुरु गर्ने गरेका छन् । यसले किसानलाई समस्या हुने गरेको छ ।

पुर्वी पहाडमा अमिलो जातको फलफूलको खेति सुरु भएको दशकौ बितेको छ । सरकारी अनुसन्धान र सिफारिस बिना कै स्थानीय जातका कागती जुनार र सुन्तलाको खेति हुँदै आएको छ ।

उत्पादनको लामो समय पछि गत बर्ष मात्र धनकुटा स्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमले दुइ जातका सुन्तला र कागती उन्मोचन गर्न सफल भयो । अमिलो जातका अन्य धेरै आगन्तुक जात अनुसन्धानकै क्रममा छन् ।

इलाम हुँदै नेपाल भित्रिएको किबी र धनकुटा हुँदै भित्रिएको एभोकाडोको ब्यबसायीक उत्पादन सुरु भएको एक दशक हुनै लागेको छ । धनकुटाको पाख्रिवास स्थित कृषि अनुसन्धान केन्द्रले यि फलको पनि अनुसन्धान थालेको छ ।

कृषिमा अब्बल ठहरिएको राष्ट्रमा सरकारी निकायले अनुसन्धान पुरा गरी जात सिफारीस गरे पछि मात्र किसानले खेती सुरु गर्छन । तर नेपालमा भने अधिकांश फलफूलको अनुसन्धान किसानले फलाउन थालेपछि मात्र शुरु हुने गरेको छ । जसका कारण किसानले समस्या भोग्नु परेको छ ।

किबी र एभोकाडो त उदाहरण मात्र हुन् । अधिकांश फलफुल किसानले आम्दानी लिन थालेपछि मात्र अनुसन्धान सुरु हुन्छ । पुराना स्थानीय जातका फलफुल लोप हुँदै जाँदा किसान नयाँ फलफुलको खोजीमा छन् । तर सरकारी निकायले अध्ययन अनुसन्धानमा चासो नदिँदा किसान आफै जोखिम मोलेर परिक्षण खेति गर्न बाध्य भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *