Political Hightlights

नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

हिमालय टिभी
२०७७ असार १२ गते १३:२३
नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

१२ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा बुधबार पेश भएका एजेण्डामाथि सदस्यहरुले धारणा राख्दैछन् । बुधबारको बैठकले सातवटा एजेण्डा तय गरेको थियो ।

जसमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार सम्बन्ध सरकारले गरेका काम कारबाही, नेपालको सीमा समस्या र समाधानका लागि भएको प्रयास, सरकारको कामको समग्र समीक्षा, पार्टी एकताको बाँकी, एमसीसी, रूकुम घटना, नागरिकता विधेयक र सांसदको बैठक भत्ताबारे छलफल हुनेछ।

नेताहरुका अनुसार अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सदस्यहरुले सरकारको काम कारबाही र ओलीको पार्टी सञ्चालनबारे चर्को आलोचना गर्ने रणनीति तय गरेका छन्।

प्रचण्ड र नेपाल पक्षले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद छाड्न दबाब दिने बुझिएको छ । बुधबारको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले एक अर्काप्रति अविश्वास र असन्तुष्टि व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्