Political Hightlights

नेकपा स्थायी कमिटी बैठकले गर्‍यो सातबुँदे एजेण्डा तय

हिमालय टिभी
२०७७ असार १० गते १५:४१
नेकपा स्थायी कमिटी बैठकले गर्‍यो सातबुँदे एजेण्डा तय

१० असार, २०७७ काठमाडौं । एमसिसीको बारेमा ठोस निर्णय गर्न सक्ने भन्दै निकै महत्वका साथ हेरिएको नेकपाको स्थायी समिति बैठकले छलफलको एजेण्डा मात्रै तय गरेको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको स्थायी समिति बैठकले शुक्रबारको बैठकका लागि ७ बुँदे एजेण्डा तय गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले ७ वटा कार्यसूची तयर गरेको जानकारी दिनुभएको हो ।

बैठकका सात एजेण्डा
१. अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य

२. कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने

३. समिा समस्या र समाधानबारे

४. सरकारको कामको समिक्षा

५. पार्टी कामको समिक्षा र सांगठिनक एकताको र्पूाता

६. एमसीसीबारे

७. विविधि ।

७ बुँदे कार्यसूचीमा अध्यक्षद्धयले वर्तमान सन्दभमा बैठकको प्रारम्भमा नै मन्तव्य राख्ने, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने, सिमा समस्या र समाधान, सरकारको कामको समिक्षा, पार्टी कामको समिक्षा र सांगठनिक एकताको पुर्णता, एमसीसीबारे र विविध विषय रहेका छन् ।

विविध विषयमा रुकुमपश्चिममा भएको जातिय विभेदको घटना, नागरिकता विधेयक तथा सांसद र प्रदेशसभा सदस्यको बैठक भत्ता नलिने विषय रहेको प्रवक्ता श्रैष्ठले जानकारी दिनुभयो । बैठकको सुरुमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्था र नेकपाको कार्यभारबारे धारणा राख्नुभएको थियो ।

त्यसैगरी कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी, सरकार र कम्युनिष्ट आन्दोलन र पुरा गर्नुपर्ने जिम्मेवारीबारे धारणा राख्नुभएको थियो । अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्