Political Hightlights

राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेतासंँग छलफल गर्ने

हिमालय टिभी
२०७७ असार १० गते १२:२८
राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेतासंँग छलफल गर्ने

१० असार, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा डाक्नुभएको छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीलत निवासमा साँझ ५ बजे नेताहरुलाई भेटघाटका लागि बोलाउनु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ ।

‘‘कोभिड –१९ को कारण बन्दाबन्दीले गर्दा राजनीतिक दलका शीर्ष नेतासंँग राष्ट्रपतिको तीनचार महिना नै भेट भएको थिएन ’’, उहाँले भन्नुभयो, ‘‘ सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न उहाँहरुलाई बोलाउनु भएको हो । उहाँको यो नियमित भेटघाट पनि हो ।’’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्