Political Hightlights
सरकार चीनतर्फ ढल्केको भन्दै कांग्रेसको आपत्ति (भिडियोसहित)
२०७७ असार ९ गते १४:५८

९ असार, २०७७ काठमाडौं । नेपाली कांग्रेसले सरकार चीन तर्फ ढल्केको भन्दै आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको शुन्य समयमा कांग्रेस नेता डाक्टर मिनेन्द्र रिजालले हिजो भारत तर्फ ढल्किँदा पनि गलत भएको र अब चीन तर्फ ढल्किनुपनि गलत हुने बताउनुभयो ।
रिजालले कोरोनाको कहरकाबीच प्रधानमन्त्रीका लागि पाँच करोडको गाडी किन्न लागीएको भन्दै आपत्ति जनाउनुभयो । यसबारे उहाँले गृहमन्त्रीको जवाफ माग्नुभयो ।
बैठकमा नेपाली कांग्रेसकै सांसद भीमसेनदास प्रधानले कोरोना भाइरसको महामारी रहेसम्म आइतबार पनि सरकारी विदा दिन माग गर्नुभयो ।
प्रतिक्रिया