Political Hightlights

नागरिकता नपाउँदासम्म ‘स्थायी आवासीय पत्र’ व्यवस्था, के अधिकार हुन्छ आवासीय पत्रमा ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ७ गते २०:२३
नागरिकता नपाउँदासम्म ‘स्थायी आवासीय पत्र’ व्यवस्था, के अधिकार हुन्छ आवासीय पत्रमा ? (भिडियोसहित)

७ असार, २०७७ काठमाडौं । विदेशी महिलाले सात वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउने कुरा आएपछि धेरैको चासो र चिन्ता थियो–नागरिकता पाउनु अघि आईपर्ने समस्या कसरी सम्बोधन हुन्छ, उनीहरुले कसरी काम गर्छन ।

राज्य व्यवस्था समितिले पछिल्लो पटक त्यसैको सम्बोधन हुने गरी सात वटा बुँदा थपेको छ, जसलाई स्थायी आवासीय अनुमति पत्र भनिएको छ । जसको उद्देश्य त्यस्ता महिलाको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग सुनिश्चित गर्नु हो ।

विहे गरेपछि महिलाले पाउने आवासीय पत्रमा के के छ ?

१ चल अचल सम्पत्ति आर्जन गर्न, भोग चलन र बेचबिखन गर्न, व्यवसायिक लाभ प्राप्त गर्न र सम्पत्तिको अन्य कारोबार गर्न
२ पेशा व्यवसाय संचालन गर्न
३ उद्योग, व्यापार तथा व्यवसायको स्थापना र संचालन गर्न
४ जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद, बसाइसराइजस्ता व्यक्तिगत घटना दर्ता गर्न
५ सेवाग्राहीको हैसियतले कानून बमोजिमका निकायबाट प्राप्त गर्ने सुविधा, छुटजस्ता सेवा उपयोग गर्न
६ कुनै पनि शैक्षिक संस्थामा अध्ययन गर्न, प्रमाणपत्र प्राप्त गर्न र अन्य आर्थिक सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्न
७ राष्ट्रिय परिचय पत्र प्राप्त गर्न।

तर यसमा राजनीतिक अधिकार र सरकारी जागिरमा दरखास्त दिन पाउने अधिकार छैन । अंगीकृत नागरिकता प्राप्त गरेपछि यो अनुमतिपत्र स्वत खारेज हुने पनि व्यवस्था गरिएको छ । सर्वत्र चासो र चिन्ता भएपछि नागरिकता पाउनु अघि पर्न सक्ने समस्याको सम्बोधन गर्न पछिल्लो पटक थपिएको व्यवस्थाले बढ्दो विवाद कम गर्न सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्