Political Hightlights

नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टीद्वारा वीरगञ्जमा प्रदर्शन

हिमालय टिभी
२०७७ असार ७ गते १६:०४
नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टीद्वारा वीरगञ्जमा प्रदर्शन

७ असार, २०७७ पर्सा । नागरिकता ऐन संशोधन विधेयककाबारेमा सत्तारुढ नेकपाले गरेको निर्णयमा असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टीका युवाले वीरगञ्जमा प्रदर्शन गरेका छन् ।

भारत तथा तेस्रो मुलुकबाट नेपाली पुरुषसँग विवाह गरेर आउनेलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान नराख्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

मधेसी समुदायलाई अपमान गर्न, राज्यको निकायमा पुग्नबाट वञ्चित गर्नका लागि संसोधन विद्येयक ल्याएको तर्क उनीहरुको छ ।

जनता समाजवादी पार्टी वीरगञ्ज महानगर समितिका युवाले वीरगञ्जको घण्टाघरमा आज बिहान प्रदर्शन गरेका हुन । नेकपा सचिवालय बैठकले हिजो नेपाली पुरुषसँग विवाह गरेर आउनेलाई ७ वर्षपछि मात्रै नागरिकता दिने निर्णय गरेको थियो ।

भारतीयले नेपालीलाई विवाह गरे नागरिकताको लागि सात वर्ष कुर्नु पर्ने प्रावधान छ । त्यसैले नेपालमा पनि त्यस्तै व्यवस्था गरेको नेकपाका नेताहरूको तर्क छ ।

व्यवस्थापिका संसद्का दुवै सदनमा सत्तारुढ दलको बहुमत छ । यसर्थ नेकपाको निर्णय अनुसार नै विधेयक पारित हुन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्