Political Hightlights

सत्तारुढ सांसदको अभिव्यक्तिप्रति सांसद सरिता गिरीको आपत्ति (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २३ गते १३:०२
सत्तारुढ सांसदको अभिव्यक्तिप्रति सांसद सरिता गिरीको आपत्ति (भिडियोसहित)

२३ जेठ, २०७७, काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरिले सत्तारुढ नेकपाकी सांसदले गंगा चौधरीले आफ्ना सम्बन्धमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद गिरीले आफ्ना बारेमा सांसद चौधरीले बोलेका कुरा संसदीय मर्यादा विपरीत भएको भन्दै रेकर्डबाट हटाउन समेत माग गर्नुभएको छ ।

सांसद चौधरीले १९ गतेको संसद बैठकमा बोल्दै भारतीय चेलीले संसदमा दादागिरी देखाएको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो । यसबाहेक सांसद चौधरीले सार्वजनिक सञ्चार माध्यममा पनि गिरिप्रति लक्षित गरेर केही अभिव्यक्ति दिनुभएको थियो ।

आजको बैठकमा सांसद गिरीले सांसद चौधरी उत्तरी छिमेकी चीनको इसारामा आफूविरुद्ध लागेको आरोप समेत लगाउनु भएको छ ।

चौधरीको अभिव्यक्तिलाई लिएर राजपा सांसद अमृतादेवि अग्रहरीले पनि आपत्ति जनाउनु भएको थियो ।

प्रतिक्रिया

One thought on “सत्तारुढ सांसदको अभिव्यक्तिप्रति सांसद सरिता गिरीको आपत्ति (भिडियोसहित)

  1. मैथिली भासा बोले नि हुन्थ्यो मान्यबर ज्यु ले क्यार्न यति सार्हो हिम्दी मोह पोख्या होला ? हुन्त म हिन्दी भासा बिरोधि होइन तर पनि कमसेकम नेपाली वा आफ्नै छेत्रको भासा बोल्दिए राम्रो हुनेथियो भन्ने हो !

Leave a Reply to Rana Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्