आर्थिक
सुनको भाउ बढ्ने क्रम रोकिएन, तोलाको ६५ हजार ५ सयमा कारोबार
२०७६ साउन २० गते ७:०७

काठमाडौं । सुनको भाउ आज एकै दिन तोलामा १५ सय रुपैयाँ बढेको छ ।
महँगिदै गएको सुन हिजो तोलामा ५ सय रुपैयाँ बढेकोमा आज भने १५ सय रुपैयाँ बढेर ६७ हजार ८ सय रुपैयाँ पुगेको छ ।
यो अहिलेसम्मकै उच्च हो । गएको असार १० गते सुनको भाउ तोलाको ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि ६५ हजारकै आसपामा रहेको सुनको भाउ गएको हप्तादेखि बढ्न थालेको हो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुन महँगो भएकाले नेपालमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको । अमेरिकाले सेप्टेम्बर १ देखि लागू हुने गरि चिनियाँ सामानमा १० प्रतिशत कर बढाउने घोषण गरेको र अन्तर्राष्ट्रिय सेयर बजार पनि कमजोर भएकाले अहिले सुनको माग बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रतिऔँस १ हजार ४ सय ५८ डलर पुगेको छ ।
प्रतिक्रिया