पोलिटब्युरो गठन नभएकोमा नेता नेपालको असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पोलिटब्यूरो गठनमा ढिलाई भैरहेकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
पुष्पलाल स्मृति प्रतिष्ठान ललितपुरले गरेको कार्यक्रममा वरिष्ठ नेता नेपालले पार्टीभित्रको संरचना अन्तरगत पोलिटब्यूरो गठनमा बिलम्ब नगर्न नेतृत्वलाई सचेत गराउनु भएको हो ।
नेतृत्वले पोलिटब्यूरो गठन गर्न नचाहेको चर्चा चलिरहेका बेला नेता नेपालले पोलिटब्यूरो गठनमा जोड दिनुभएको हो ।
पार्टीभित्र छलफल गर्ने परिपाटी हराउँदै गएको भन्दै उहाँले नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । पुष्पलालले कल्पना गरे अनुसारको पार्टी बनाउन स्वच्छ छलफल र बहस आवश्यक रहेको नेता नेपालको भनाइ छ ।
स्थायी कमिटी सदस्य पम्फा भुसालले जनअपेक्षा पुरा गर्न सरकार लागे पनि पुरानो र नयाँ संरचना अनुसार एकरुपता नहुँदा परिणाम सोचे जस्तो नभएको प्रष्टिकरण दिनुभयो ।
प्रतिक्रिया