बस

बस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, एक जना घाइते

८ असार २०७८ काठमाडौं । काठमाडौँको बालाजुमा बस र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोकिँदा मोटरसाइकलमा सवार...

नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ३५ जना घाइते

५ जेठ २०७८ नवलपरासी । नवलपरासी जिल्लाको बर्दघाट–दाउन्ने सडकखण्डको खुर्सानीखोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने दाउन्ने सिस्नेखोलामा ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको हो...

दिक्तेल–बाम्राङ–बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा शुरु

१३ वैशाख २०७८ खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित रत्नपार्कबाट बाम्राङ–बुइपा हुँदै गाईघाटसम्म सिधा बस सेवा शुरु गरिएको छ । खोटाङ यातायात प्रालिले आइतबारदेखि नियमित सञ्चालन हुनेगरी दिक्तेल–बाम्राङ–डल्लेखोला दोभान–दम्कु–बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा शुरु गरेको हो...

जन्ती बस दुर्घटनामा दुई जना बालिकाको मृत्यु, ६ जना घाइते

१३ वैशाख २०७८ रुपन्देही । रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन् । भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट...

दर्शनार्थी चढेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २२ जना घाइते

११ वैशाख २०७८ खोटाङ । त्रिधार्मिकधाम खोटाङको हलेसी दर्शन गर्न आएका दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । सप्तरीको कञ्चनरूप नगरपालिकाबाट हलेसी दर्शन गर्न आएका दर्शनार्थी बोकेको बा३ख...

नवलपरासी बस दुर्घटनामा घाइतेमध्ये तीन जनाको मृत्यु, २८ जनाको उपचार हुँदै

५ वैशाख २०७८ कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो...

बाँकेमा बस र टिपर ठोक्किँदा पाँच जनाको मृत्यु, ४१ जना घाइते

४ वैशाख २०७८ बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा हिजो साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु हुनुका साथै ४१ जना घाइते भएका छन् । सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र...

दाङ बस दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत

२१ चैत २०७७ दाङ । यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको सनाखत भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी र बुटवल सैनामैनाका यादव खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले...

संखुवासभामा भएको बस दुर्घटनामा ३२ जना घाइते

२० चैत २०७७ संखुवासभा । संखुवासभामा आज यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको बस धर्मदेवी नगरपालिका वडा नम्वर ४ को दोभानमा दुर्घटना भएको हो ।...

बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

१५ चैत २०७७ चितवन । पश्चिम चितवनको पकौडीमा बस र स्कुटर एक आपसमा ठक्कर खाँदा एकै परिवारका तीनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७...