Main News

किन थन्किए साझाले किनेका ३७ बिजुली बस ? (भिडियो रिपोर्टसहित)

२०७९ माघ २१ गते २०:४९
किन थन्किए साझाले किनेका ३७ बिजुली बस ? (भिडियो रिपोर्टसहित)

२१ माघ २०७९ काठमाडौं । साझा यातायात सहकारीले प्रभावकारी सेवा तथा पर्यावरणमा सहयोग पुग्ने भन्दै काठमाडौं उपत्यकामा सञ्चालन गर्नेगरी विद्युतीय बस खरिद गर्‍यो ।

गत असार २३ गतेदेखि उपत्यकाका दुई रुटमा तीन वटा विद्युतीय बस चल्न थाल्यो । तर त्यसपछि थप गरिएका ३७ वटा विद्युतीय बस पार्किङमै थन्किएका छन् ।

साझा यातायात सहकारीले चीनको सी।एचटी।सी।एच।ओ अटोमोबाइल कम्पनीबाट पहिलो चरणमा तीन बस ल्यायो । दोस्रो चरणमा थप ३७ वटा बस खरिद गरेर साझा यातायातले चिनियाँ कम्पनीलाई ६१ करोड रुपैयाँ बुझायो । तर करोडौं खर्च गरेर खरिद गरिएका बस अहिले चल्न सकिरहेका छैनन् ।

विद्युतीय बस खरिद गर्न सरकारले २०७६ सालमै साझा यातायात सहकारीलाई ३ अर्ब रुपैयाँ दिएको थियो । तर ४० वटा बस संचालनका लागि समेत काठमाडौं उपत्यकामा पर्याप्त चार्जिङ स्टेशन बनिसकेको छैन। न पार्किङका लागि पर्याप्त ठाउँ नै छ ।

हाल प्रर्दशनी मार्ग, महाराजगंज, साझा सेवा बल्खु र साझा यातायातको कार्यालयमा चार्जिङ स्टेशन छन् भने प्रहरी कार्यालय समाखुशी, पाटन ढोका ललितपुरमा चार्जिङ स्टेशन जडानको चरणमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *