Main News
पाल्पामा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु, २७ घाइते
२०७९ कार्तिक १३ गते ८:३०

१३ कात्तिक २०७९ पाल्पा । नवलपरासीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् ।
आज बिहान पाल्पाको रम्भा गाउँपालिका १ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिका–२ मोथार मा दुर्घटना हुँदा ५ जनाको घटनास्थलम मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परेर पाल्पाको रम्भादेवी गाउँपालिका–१ का ४१ वर्षका तारा विक, १७ वर्षका विनय विक, ६२ वर्षका धनी विक, ५८ वर्षका देवी गाहा र स्याङ्जाको गल्यान गाउँपालिका–९ बेलचौरका ४५ वर्षका जुलमाया माझीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि भरतपुर पठाइएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया